मुख्यमन्त्री कपलाई योनेक्स सनराइजको साथ 

प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय रेङकीङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधवार सुरु भएको छ । शनिवार सम्पन्न हुने प्रतियोगितामा एकल स्पर्धाका विजेताले ५० हजार , उपविजेताले २५ हजार तथा सेमिफाइनल प्रवेश गर्ने खेलाडीले १० हजार रुपैयाँ पाउने छन् । यसै गरी, युगलका विजेताले ३० हजार , उपविजेताले १५ हजार तथा तथा तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् ।
४५ वर्ष माथिका भेट्रान तथा ५५ वर्ष माथिका सुपर भेट्रानका विजेताले २०, हजार उपविजेताले १० हजार तथा तेस्रो स्थान पाउनले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यु–१५ का विजेताले १७ हजार , उपविजयीले ९ हजार तथा सेमिफाइनल प्रवेश गर्नेले ४हजार। ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । यु–१३ का विजेताले १५ हजार , उपविजयीले ८ हजार ता सेमिफाइनल प्रवेश गर्नेले ४ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यु–११ का विजेताले १३ हजार, उपविजेताले ७ हजार तथा तेस्रो हुनेले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइज रहेको छ ।
Comment