गिरि र प्रसाईँको प्यानल दौडमा

फागुनको ७ देखि ९ मा विराटनगरमा आयोजना हुने नेपाल खेलकुद महासङ्घको महाधिवेशनमा नेपाल रग्बी सङ्घका वरिष्ठ उपाध्यक्ष चेतन राज गिरि र नेपाल कराँते महासङ्घका उप महासचिव ओमकृष्ण प्रसाईँको चुनावी दौडमा अगाडी रहेको धेरैले जनाएका छन् । यी दुई मध्य एक मात्र अध्यक्षको उम्मेदवार हुने चर्चा चलेको छ । यी दुवै लामो समय देखि खेलकुदमा सक्रिय नाम हुन् ।
गिरि खेलकुदका सागै विगतमा युवा सङ्घको राजनीतिमा समेत सक्रिय थिए । उन नेपालमा आइटीएफ तेक्वान्दो प्रवेश गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति थिए । यसै गरी नेपालमा रुग्वीको स्थापना काल देखि नै गिरि सक्रिय छन् । प्रसाईँ करातेमा परिचित नाम मात्र होइन औपचारिक अध्ययनमा पनि अन्य खेलकर्मी भन्दा अग्रणी मान्छिन् । उनी विद्यावारिधि स्कलर पनि हुन् ।
चेसकर्मी उमेश केसी सो प्यानलबाट दौडमा अग्रणी मानिन्छन् । केसी महासचिवका दाबेदार हुन् । यसै गरी महत्त्वपूर्ण पदका लागि दीपक न्यौपाने पनि चर्चामा छन् । न्यौपाने नेपाल सफ्ट बल तथा बेसबल सङ्घका महासचिव हुन् ।
Comment