राष्ट्रिय हाप्किडोमा लुम्बिनी च्याम्पियन

तस्बिर ः हिमाल घर्ती मगर
दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सम्पन्न भयो । ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र दक्षिण एसियाली हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए । सेमिनारमा ली, अग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बङ्गलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व थियो ।
यसै गरी सातौँ राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी पहिलो, बागमती दोस्रो र कर्णाली प्रदेश तेस्रो भए ।  पुरुष तर्फका बागमतीका रबिन तामाङ तथा महिलामा कर्णालीकी सलिना परियार उत्कृष्ट खेलाडी भए । डेमोन्सट्रेसनमा बाग्मती पहिलो, कर्णाली दोस्रो तथा गण्डकी तेस्रो भए ।
Comment