हप्किडो अन्तर्राष्ट्रिय सेमिनार तथा च्याम्पियनसिप सुरु

दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनिवार सुरु भयो । सेमिनारको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले उद्घाटन गरे । सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तर्राष्ट्रिय हाप्किडो महासङ्घका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र  नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलको पनि उपस्थिति थियो ।
नेपाल हाप्किडो एसोसिएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेमिनार तथा च्याम्पियनसिपमा ली, अग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बङ्गलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व छ ।
प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन् । दुई दिने प्रतियोगितामा सत वटै प्रदेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।
Comment