सरस्वती कराँते कपको उपाधि इचङुनारायण र ब्रह्मास्मीलाई


प्रथम सरस्वती कप सिनियर÷जुनियरको उपाधि इचङुनारायण  डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ । नेपाल वादोरियो कराँते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती कपको सिनियर एन्ड जुनियर कराँतेको उपाधि सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।
कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचङुले २ स्वर्ण २ रजत र ५ कांस्य पदक जित्न सफल भयो । दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले २ स्वर्ण १ रजत र ३ कांस्य हात पा¥यो । तेस्रो भएको मनमैजु डोजोले २ स्वर्ण १ रजत र ३ कांस्य जित्यो । आयोजक सरस्वती डोजोले भने १ स्वर्ण ५ रजत र ५ कांस्यमा चित्त बुझायो ।
त्यस्तै जुनियर तर्फ भने ब्रहमाषस्मी स्कुल प्रथम भएको छ । ब्रहमास्मीले ६ स्वर्ण ६ रजत र ७ कांस्य हात पार्दा ५ स्वर्ण २ रजत र १ कांस्य पदक सहित पाँच पोखरी स्कुल टिम दोस्रो बन्यो । त्यसै गरी ३ स्वर्ण ५ रजत र ८ कांस्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो ।
दुई दिन चलेको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए । विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, वडा अध्यक्ष नारायण सुवेदी, नेपाल कराँते महासङ्घका महासचिव हरिशरण केसी लगायतले वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल÷डोजोका  ३५० खेलाडीले सहभागिता जनाएका थिए ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक समेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

Comment