लामाद्वारा शपथ ग्रहण


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राखेप अन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराँते महासङ्घका सह–महासचिव ओमकृष्ण प्रसाईँको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् ।
राखेपले गत बिहीबार करातेका संस्थापक मध्येका एक एवं राखेपका पूर्व सदस्य–सचिव लामाको अध्यक्षतामा २१ सदस्यीय नेपाल कराँते महासङ्घ केन्द्रीय कार्यसमिति, तदर्थ समिति गठन गरेको थियो ।
अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासङ्घको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरेको ४ वर्षसम्म उक्त समितिले महासङ्घको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।

Comment