सुषमालाई शिरीष फाउन्डेसनको सम्मान

शिरीष फाउन्डेसनले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुषमा तामाङलाई आइतबार सम्मान गरेको छ ।
फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले सुषमालाई नगद २५ हजारसहित एक कार्यक्रमबिच सम्मान गरिन् । फाउन्डेसनले सुषमालाई नगदसहित प्रशिक्षण सामाग्री, खेल पोसाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो । सुषमाअघि फाउन्डेसनले १२ र १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्णधारी उसुकी मिना घर्ती मगरलाई प्रायोजन गरेको थियो ।
जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुषमाले भियतनाम र मङ्गोलियाका खेलाडी पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन् । फाइनलमा भने सुषमा उज्बेकिस्तानकी खेलाडीसँग चुकिन् ।
Comment