नेपालले गुमाएको उत्कृष्ट प्रशिक्षक राजेश अमेरिकामा पनि सफलताको पाइलामा

नेपाली राष्ट्रिय जुडो टिमका पूर्व प्रशिक्षक राजेश कर्माचार्य यूएसए जुडोको कन्टिनेन्टल प्रशिक्षक बनेका छन् ।
अमेरिकी जुडोको आधिकारिक निकाय  यूएसए जुडोबाट कन्टिनेन्टल कोचको मान्यता पाएको कर्माचार्यले खेलकुद न्इुजडटकमसँगको कुराकानीमा बताए । यूएसए जुडोले रिजनल,स्टेट,नेशनल,कन्टिनेन्टल र अन्तर्राष्ट्रिय गरी पाँच तहमा प्रशिक्षक लाइसेन्स दिँदै आएको छ ।
कर्माचार्य सन् २०१४ देखि अमेरिकामा छन् । उनले सन् २०१६ मा युएसए नेशनल कोचको मान्यता पाएका थिए । यूएसए जुडोको हेड क्वाटर कोलोराडोले यसै महिना कर्माचार्यलाई अप ग्रेट गरेको हो। कोचमा अप ग्रेट हुन् फिजिकल र लिखित परीक्षा पास गर्नु पर्ने हुन्छ ।
कर्माचार्यले अहिलेको सफलताले अमेरिकामा स्थापित जुडो प्रशिक्षक हुने आफ्नो लक्ष्यलाई टेवा पुग्ने बताए ।
कर्माचार्यले इन्टरनेशनल जुडो फेडरेशन (आइजेएफ) बाट भने यस अगाडि नै इन्टरनेशनल कोचको मान्यता पाई सेकका छन् । सन् २०१९ आइजेएफले उनलाई अन्तर्राष्ट्रिय कोचको लाइसेन्स दिएको थियो । कर्माचार्यले आइजेएफ एकेडेमीबाट पहिलो र दोस्रो तहको कोचिङ कोर्स पुरा गरी लाइसेन्स समेत पाइसकेका छन् ।
उनी भारतको पटियलाबाट एक बर्से कोचिङ कोर्स डिप्लोमा गर्ने प्रशिक्षक हुन् । उनी पटियाला डिप्लोमा गर्ने नेपाली प्रशिक्षकमा सर्वाधिक अङ्क ल्याउने प्रशिक्षक हुन् । कर्माचार्यले सन् १९९५ देखि २०१४ सम्म पटक पटक  नेपाली राष्ट्रिय जुडो टिमको प्रशिक्षक थिए । कर्माचार्यको प्रशिक्षणमा नेपालले साफमा रजत र जुनियर एसियनमा कांस्य पदक जितेको छ । उनको प्रशिक्षणमा रहेको पर्सा वीरगन्जले राष्ट्रिय जुडोमा एकलौटी साख कायम राखेको थियो ।
पर्साका छदा उनकै प्रशिक्षणमा राधिका राई, राधा देवी राई, लीला अधिकारी र सुब्रत श्रेष्ठ जस्ता एकसे एक स्टारको उदय भएको थियो ।  उमेर समूहको एसियाली प्रतियोगितामा पदक पाउँदै सनसनी फैलाएकी लीला कुनै समय नेपाली जुडोको प्रभावकारी खेलाडी थिइन् । नेपालमा रहँदा उत्कृष्ट खेल प्राविधिकको रूपमा परिचित राजेशले लिटल एन्जल्स स्कुलको जुडो टोली हेरेका थिए । उनकै प्रशिक्षणमा लीटल एन्जल्सले पनि राम्रा जुडो खेलाडी उत्पादन गरेको थियो । एउटै दक्षिण एसियाली जुडोमा दुई स्वर्ण पदक जित्न सफल सरोज महर्जन पनि राजेशकै प्रशिक्षणमा उदाएका हुन् ।
राजेश अमेरिका प्रवेश गरे पछि नेपाली जुडोमा परेको खाडल सायद नै पुरिने छ ।
Comment