कालभैरवद्वारा राष्ट्रिय खेलकुदका स्वर्ण विजेता सम्मानित 


प्रथम ग्रिनफिल्ड उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिताको समापनका अवसरमा आयोजक कालभैरव उसु क्वानले बृहत् राष्ट्रिय खेलकुदको फरक संस्करणमा उसुमा ३ देखि ३ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई पनि सम्मान गरेको थियो । एलिना चौधरी (५ स्वर्ण), मङ्गलप्रसाद थारु (४ स्वर्ण), अशोक खालिङ (४ स्वर्ण), सुस्मिता तामाङ (४ स्वर्ण) तथा ३ स्वर्ण विजेता निमा घर्ती मगर, हरिप्रसाद गोले, विजय सिन्जाली, दीपक हमाल र चित्रसिंह ठकुरी सम्मानित भए ।

Comment