काठमाडौं च्याम्पियन

काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधवार जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको ड्रागन उसु क्वानले ५ स्वर्ण, ५ रजत र ४ कांस्य हात पा¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्ड हलमा भएको प्रतियोगिताअन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा कपन उसु क्वानका प्रतीक कुलुङ तथा महिलामा यिन याङकी उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, नेपाल उसु महासङ्घका अध्यक्ष जनक गर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगायतले  पुरस्कृत गरे ।

Comment