सुस्मालाई रजत पदक 


थाइल्यान्डको बैंककस्थित ह्वामार्क इनडोर स्टेडियममा सम्पन्न एएसबीसी एसियन यु २२ बक्सिङ च्याम्पियनसिप २०२३मा नेपाली मुक्केबाज सुस्मा तामाङले रजत पदक जितेकी छिन् ।
महिला तर्फ ४८ किलो तौल समूहको फाइनल खेलमा  उज्बेकिस्तानकी मुक्केबाज फोजिलोभा फरजोनासंग ५ः० अङ्कको आधारमा पराजित भएकी थिइन् । उनी क्वाटर फाइनलमा भियतनामकी क्यूनहानलाई ५ः० र सेमिफाइनलमा मङ्गोलिया की बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउन्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै  फाइनल प्रवेश गरेकी थिइन  ।
त्यसै गरी महिला  ५७ किलो तौल समूहमा हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अङ्कको आधारमा पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन  । उनी मङ्गोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अङ्कको आधारमा  पराजय भोग्दै कांस्य पदकमै सीमित रहेका थिइन् ।  त्रिशा जवेगु काजकिस्तान एरजन गुल्सायसंग ५ः० अङ्कको  आधारमा पराजय भोग्दै कांस्य पदकमै सीमित भइन् ।
पुरस्कार वितरण समारोहमा थाइल्यान्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, नेपाल बक्सिङ सङ्घका सदस्य तथा प्रवक्ता अन्तर्राष्ट्रिय कोआर्डिनेटर श्यामकाजी अवाले समेतको उपस्थिति रहेको थियो ।

Comment