सुस्मा र हेमाको जित

थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुषमा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।
महिला ४८ केजी तौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अङ्कको आधारमा जितिन् भने ५७ केजी तौल समूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउन्डमा जित हासिल गरिन् ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसँग ५–० अङ्कको आधारमा जित हासिल गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियाका गन्तुमार लुन्डासँग भिड्ने छन् ।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी)  र महिला खेलाडी तृषा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरूले  इन्डोनेसियाका मोसिकता माइकल र काजकिस्तानका एरजन गुल्सायसंग खेल्ने छन् ।

Comment