भीमेश्वरमा व्यावहारिक सिप प्रशिक्षण

दोलखाको भीमेश्वर नगरपालिका ७ र कोच नेपालको सहकार्यमा बिहीबार दुई दिने व्यवहारिक सीप प्रशिक्षण सुरु भएको छ । कार्यक्रमको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुखले गरे ।  सो वडाका अध्यक्ष विनोद तामाङको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथमिक उपचारको प्रशिक्षण दिइने छ । कार्यक्रममा ६ विद्यालयका लगभग २ सय विद्यार्थीको सहभागिता रहेको कोच नेपालका प्रमुख कार्यकारी  सिमोन खत्रीले जानकारी दिए ।
Comment