नेपालको दुई पदक पक्का

थाइल्यान्डमा जारी अन्डर २२ महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन बक्सिङ कन्फेडरेसन(एएसबीसी)को आयोजना एवम् थाइल्यान्ड बक्सिङ सङ्घको निमन्त्रणामा थाइल्यान्डको राजधानी बैंककमा यही (एएसबीसी)को६ जनवरीमा सुरु भएको एएसबीसी यूथ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिप  मा नेपाली महिला खेलाडी त्रिसा जवेगु ले  मिडिल वैट ७५ किलो तौल समूह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वैट ८६ किलो तौल समूहमा बाई पाएर कांस्य पदक पक्का गरेका छन् । विजय बाटाले सेमीफाइनलमा भारतीय खेलाडी मुस्किता माईखेल सँग प्रतिस्पर्धा गर्नेछन् भने त्रिसा जवेगुले काजकिस्तानका येरजहान गुलसायासंग सेमिफाइनलमा भिडन्त गर्नेछन् ।
त्यसै गरी अर्का खेलाडी हेमा राईले महिला ५७ किलो तौल समूहमा क्वार्टर फाइनलमा जनवरी १९ तारिखमा सिंगापुरका खेलाडी  चाव जी मिन बेरनिससंग प्रतिस्पर्धा गर्नेछन् भने महिला ४८ किलो तौल समूहमा सुस्मा तामाङले जनवरी भियतनामी खेलाडी फाम थी किनहानसंग भोलि १८ जनवरीमा क्वार्टर फाइनल खेल नेपाली समयानुसार दिनको ३ः१५ मा खेल खेल्ने छन् । पुरुष ४८ किलो तौल समूहमा नेपालका लाल प्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचर सँग जनवरी २० तारिखमा क्वार्टर फाइनल खेल खेल्नेछन् भने फेदर वैट पुरुष ५७ किलो तौल समूहमा नेपाली खेलाडी इन्द्र बहादुर सुनारले क्वार्टर फाइनल खेल लाओसका खेलाडी सोक्साखोन सँग भोलि जनवरी १८ तारिखमा भिडन्त गर्नेछन् ।
Comment