राष्ट्रिय भारोत्तोलन आइतबारदेखि

नेपाल भारोत्तोलन संघको आयोजनामा चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । सिनियरको पुरुषमा ८ र महिलामा ७ तथा जुनियर पुरुषमा ९ गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता साउन ६ देखि १५ गतेसम्मकाठमाडौंमा हुने सिनियर पुरुष तथा महिला एसियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोटका रुपमा समेत रहेको छ । साथै यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने भारोत्तोलन संघले जनाएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको परिसरमा हुनेछ ।

Comment