सुटिङ खेलाडीको भविष्य माथि खेलबाड गर्दै सङ्घ

नेपाली सुटिङको पछिल्लो समय अवस्था झनै खराब भएको छ । एक पछि अर्को खेलाडीले सङ्घ विरुद्धमा आवाज उठाउने क्रम जारी छ ।
अध्यक्ष पुष्पदास श्रेष्ठ लगायतको एउटा समूहले सङ्घलाई बन्दी बनाएको गुनासो पुराना खेलाडी तथा प्रशिक्षकको छ । यसरी सङ्घका असन्तुष्टि व्यक्त गर्नेमा सुटिङका अन्तर्राष्ट्रिय खेलाडी सुदन  खड्का लगायत छन् । उनी भन्छन्,‘ आफ्नो मान्छेलाई छानेर पठाउने तथा अन्यलाई अत्तोपत्तो नदिइएको गुनासो सुदनको छ । ’
भत्तामा समेत गोलमाल गर्ने गरेको आरोप सुदनको छ । त्यसो त गुटबन्दी गरेर संस्थागत स्वरूपलाई फैलन नदिएको आरोप धेरै सुटिङ खेलाडीको छ ।
सप्तरी जिल्ला सुटिङ सङ्घकी अध्यक्ष शशीकला मानन्धरको आक्रोश त अझ बढी छ । मनपरी गर्ने, सामान थन्क्याउने, प्रशिक्षण नगराउने तथा काठमाडौँमा रहेका केहीका मनोमानी रहेको उनी बताउँछन् ।
कत्तिसम्म भएको थियो भने नवौँ राष्ट्रिय खेलकुदको समयमा प्रशिक्षक समेत रहेकी शशीकलाले घरमै बोलाएर खेलाडीलाई प्रशिक्षण गराएकी थिइन् । पछि प्रदेश तहमा सुटिङको खेल भएन भने राष्ट्रिय तहमा पनि उनीहरूलाई खेल्न दिइएन । धेरै खेलाडी तथा प्रशिक्षकहरू यस बेतिथिको मुख्य कारण अध्यक्ष पुष्पदास श्रेष्ठ र सचिव प्रदीप खाती भएको बताउँछन् ।
समस्या यत्तिमा होइन, खेलाडीको सुविधामा पनि सङ्घ नेतृत्वले हिनामिना गरेको आशङ्का धेरै जिल्लाका अधिकारी तथा खेलाडीलाई छ ।
राष्ट्रिय तहमा मात्र होइन अन्तर्राष्ट्रिय«य प्रतियोगितामा समेत नेपाली सुटिङ बदनाम भएको छ । गत दक्षिण एसियाली खेलकुदमा अन्य धेरै खेलले सफलात पाउँदा पनि सुटिङ कुने पदक जित्न असफल भएको थियो । सामान नभएका कारण नेपाली सुटरले पाकिस्तानी खेलाडीसँग सामान मागेर खेलेको समाचार त्यस समयमा पनि चर्चाको विषय बनेको थियो ।
राष्ट्रिय खेलकुदको समयमा खेलाडीलाई सुटिङ पोसाकका लागि भनेर ८ हजार रुपैयाँ  पठाइएको र त्यो रकम पारदर्शी  नभएको गुनासो समेत शशीकलाको छ । सङ्घलाई फेरी कब्जा गर्ने नियतले आफूले मनोमानी गरेको गुनासो अन्य धेरै खेलाडीको छ । यो खेलकूदन्युजडटका थप समाचारमा प्रकाशित हुने छ ।
Comment