इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन सुरु

नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको सहयोग र अपी स्पोर्ट्स ब्याडमिन्टन एकेडेमीको आयोजनामा इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप बिहीबार सुरु भयो ।
बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्ड हलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका उप महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले एक कार्यक्रमबिच उद्घाटन गरे ।
लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरूलाई सहयोग गर्दै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्त्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रोप्राइटर राजु बास्तोलाले बताए ।
योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु– १५, यु– १३ र यु– ११ छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा भइरहेको छ ।
यु–१३ ब्वाईज तर्फको खेलमा आईडिबीका अच्युत ढुङ्गेलले नाइटिंगल एकेडेमीका निश्चल थापालाई २१–१०, २१–८ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् । यस्तै नेपाल पुलिसका प्रनिश कार्कीले दीपक ब्याडमिन्टन एकेडेमीका आलोक लामालाई २१–११, २१–१५, एपेक्स लाईट स्कुलका सुहम कार्कीले कैलालीका रियांस चौधरीलाई २१–१९, २१–१८ले, धादिङका आयुष मगरले कीर्तिपुरका सविन लामालाई २१–८, १५–२१, २१–१३ले, सेनाका रिजन मगरले बुढानीलकण्ठका आनन्द पोखरेललाई २१–१०, २१–३ ले, कैलालीका शिशिर रानाले ग्यालेक्सीका सक्षम रेग्मीलाई २१–६, २१–१ ले, सूर्य दर्शनका आदित्य थारुले नेपाल पुलिसका सिद्धान्त श्रेष्ठलाई २१–४, २१–३ ले, क्यानभार बोर्डिङका प्रबल श्रेष्ठले ईमाडोल ब्याडमिन्टन स्पोर्टस् सर्कलका प्रशान्त बुढाथोकीलाई २१–७, २१–१९ ले, सूर्य दर्शनका सुबम श्रेष्ठले दोलखाका सुजल दाहाललाई २१–७, २१–६ ले, ग्यालेक्सीका ऋषभ राईले कैलालीका युगान्त रानालाई २१–११, २१–६ ले, सेनाका सुदेश राजकोटीले कञ्चनपुरका अक्षय खत्रीलाई २१–१२, २१–१४ ले, कपिलवस्तुका शिभम कासुधनले कीर्तिपुरका प्रपन्न अधिकारीलाई २१–११, २१–१२ ले सेनाका दीप थिङ्गले मलेखुका गगन कँडेललाई २१–१, २१–१० ले, एपेक्स लाईट स्कुलका सत्यम कार्कीले नेपाल स्पोर्ट फेलोसिपका अलिष माझीलाई २१–४, २१–४ ले, तनहुँका सफल भुजेलले सूर्य दर्शनका शिवम श्रेष्ठलाई २१–१५, २१–१२ ले र एपिएफका आरुष सिम्खडाले कैलालीका आदित्य चौधरीलाई २२–२०, १९–२१, २२–२० ले पराजित गर्दै प्रतिक्वाटरमा प्रवेश गरेका छन् ।
यस्तै यु–१५ छात्र तर्फको प्रतिस्पर्धामा दार्चुलाका पप्पु बहादुर पालले सक्षम ढकालबाट वाक ओभर र सूर्य दर्शनका अमन डङ्गोलले कीर्तिपुरका साजन लामालाई २१–१०, २१–२ ले पराजित गर्दै प्रतिक्वाटरमा स्थान बनाए । प्रतिक्वाटरमा स्थान बनाउने क्रममा सेनाका सूर्य महर्जनले अनीश गुरुङबाट वाक ओभर, ग्यालेक्सीका ऋषभ राईले कपिलवस्तुका मुनी सिंह क्षेत्रीलाई २१–१२, २१–७ ले, धादिङका अश्विन मगरले विल्सन एकेडेमीका जितेन महतालाई २१–१४, २१–१३ ले, सूर्य दर्शनका सुभम श्रेष्ठले पेप्सीकोलाका आर्यन श्रेष्ठलाई २१–७, २१–१२ ले, एपिएफका प्रारम्भ सिम्खडाले आईडिबीका अच्युत ढुङ्गेललाई २१–७, २१–२ ले, त्रियोगका उज्ज्वल श्रेष्ठले कैलालीका युगान्त रानालाई २१–१२, २१–५ ले तनहुँका सफल भुजेलले सूर्य दर्शनका शिवम श्रेष्ठलाई २१–१६, २१–१४ ले र सेनाका सुविन श्रेष्ठले दार्चुलाका आयुष पाललाई २१–१४, २१–७ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्ड हलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिब १५० खेलाडीहरूको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।

Comment