रग्बीको साधारण सभा शुक्रवार

नेपाल रग्बी सङ्घको साधारण सभा शुक्रवार काठमाडौँमा हुँदै छ । सो साधारण सभाले नेपाली रग्बीको नयाँ दिसा तय गर्ने विश्वास लिएको सङ्घ अध्यक्ष दीपक देवकोटाले बताए । लामो समय वर्तमान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङको नेतृत्वमा रहेको रग्बीले यसै साधारण सभाबाट नयाँ नेतृत्वलाई औपचारिकता प्रदान गर्ने छ ।
घिसिङ सदस्य सचिव भए पछि कार्यवाहक अध्यक्षको रूपमा दीपक देवकोटाले सङ्घको नेतृत्व गरी रहेका छन् ।
साधारण सभामा सहभागी हुने ४५ जिल्ला सङ्घ र ४ प्रदेश सङ्घका प्रतिनिधिका साथै वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यको सहभागिता रहने छ ।
सो साधारण सभाले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी वर्षको कार्य योजना पनि तयार गर्ने छ । रग्बी खेल पछिल्लो समय नेपालमा सक्रिय खेल सङ्घको रूपमा स्थापित छ । सङ्घ अध्यक्ष देवकोटाको डाइनामिक व्यक्तित्वले यस खेलको गतिविधिमा सहयोगी साबित भएको छ ।
Comment