एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सुरु

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिवारदेखि काठमाडौँमा सुरु भएको छ ।
तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्राविधिक पुस्तक हस्तान्तरण गरी एक कार्यक्रमबिच उद्घाटन गरे ।
तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी छन् । साताव्यापी तालिममा मुख्य प्रशिक्षक गुरुङ, कान्ति महतो, राजेश बज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा। ज्ञानेन्द्र शाहलगायतले विविध पक्ष बारे प्रशिक्षण दिने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्न तालिम महत्त्वपूर्ण हुने बताउँदै अन्य खेलको पनि क्रमैसँग तालिम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले तालिममा सहभागी मध्ये उत्कृष्टलाई स्वयंसेवक प्रशिक्षकका रूपमा नियुक्ति दिने बताउँदै आगामी राष्ट्रपति रनिङ सिल्ड र दोस्रो बागमती प्रदेश खेलकुदका लागि पनि जनशक्ति तयार हुने बताए ।
Comment