उसुमा अनुपस्थित नानीबाबुको अर्कैबाट हस्ताक्षर

नेपालको उसुमा विवाद चली रहँदा विघटित नेपाल उसु महासङ्घका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षता बसेको भनिएको बैठकमा अनुपस्थित व्यक्तिको अर्कैले हस्ताक्षर गरेको खुलेको छ । त्यस महासङ्घमा उपाध्यक्ष रहेका नानी बाबु तामाङले अन्य कसैले हस्ताक्षर गरेका बताएका छन् ।
उसु महासङ्घका लामो समय नवीकरण नभएको, आर्थिक अनुशासन कायम नभएको , महासङ्घको नियमित गतिविधि हुन नसकेको र खेलाडीको भविष्य समेत अन्योलग्रस्त भए पछि राष्ट्रिय खेलकुद परिषद्ले तामाङ नेतृत्वको महासङ्घको विघटन गर्दै नयाँ सङ्घ गठन गरेको हो ।
Comment