रसुवामा कराँते प्रतियोगिता हुँदै 

रसुवा स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम तामाङ सांस्कृतिक तथा कराँते प्रतियोगिता ७ र ८ माघमा हुने छ ।
२०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूह समावेश गरिएका छन् । यसै गरी, महिला तर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र  ५५ केजीको तौल स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष खेलाडी तथा राइजिङ स्टारलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको अन्तिम दर्ता मिति ३ माघ राखिएको छ ।
Comment