तेक्वान्दो मास्टर भुजेलको निधन

सिनीयर तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलको निधन भएको छ । पारिवारि।क श्रोतका अनुसार मंगलबार साँझ स्वास्थ्य समस्या देखिए पछि उनलाई नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उनलाई मृत घोषित गरिएको हो ।
नेपाली तेक्वान्दोमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेतृत्वदायी भूमिकामा रहेका भुजेल नेपाल तेक्वान्दो महासङ्घको उपाध्यक्ष हुन् ।
नेपालको सुरुवाती पुस्ताका तेक्वान्दो खेलाडी भुजेलको निधन तेक्वान्दो खेलका लागि अपूरणीय क्षति भएको महासङ्घले जनाएको छ ।
तेक्वान्दो मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले दिएको जानकारी अनुसार भुजेलको पार्थिव शरीरलाई अहिले नर्भिक अस्पतालमा राखिएको छ ।
Comment