मुवाँथाइबाट गुणराज सम्मानित

नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रवार वर्ष खेलाडीको रूपमा सम्मान गरेको छ ।
 शुक्रवार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मान पत्र प्राप्त गरे ।
रुचालले आठौँ इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बनेका थिए । त्यस्तै रुचाल थाइल्यान्डमै सम्पन्न वर्ल्ड मुवाँथाई च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भएका थिए ।
संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडीलाई पनि सम्मान गरेको छ ।  जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद ५ हजारबाट सम्मानित भए । जेनिकाले नोभेम्बरमा सम्पन्न १७औँ वर्ल्ड च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिएन । मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
त्यस्तै संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाइ सङ्घलाई पनि सम्मान गरेको हो ।
Comment