रामेछापको सुनापतीमा राष्ट्रिय आइटीएफ सुरु

१२ औ जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको रामेछापको सुनापती गाउँपालिकाको केन्द्रमा शनिवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले रेफ्री कमिसन प्रमुख तथा नेपाल आइटीएफका उपाध्यक्ष प्रवीण कार्कीलाई खेल सामग्री  वितरण गर्दै उद्घाटन गरे । सो अवसरमा बोल्दै घिसिङले सुनापतीमा बनाइने भौतिक संरचना र स्कुल स्पोर्ट्सको बारे चर्चा गरेका थिए । सदस्य सचिव घिसिङ पनि त्यहीँका बासिन्दा हुन् ।
उद्घाटन समारोहमा गाउँ पालिकाका अध्यक्ष ठुला कान्छा तामाङ तथा उपाध्यक्ष गीता बिस्टको पनि उपस्थिति थियो । कार्यक्रम संयोजक बाबुराम तामाङले दिएको जानकारी अनुसार प्रतियोगिताको स्पाइरिङ तर्फ १६ तथा प्याट्रन तर्फ १० गरी २६ तौल समूहमा स्पर्धा हुने छन् ।
प्रतियोगिताको लागत रकम १३ लाख रुपैयाँ छ । प्रतियोगितामा ७ प्रदेश र आयोजक गरी १सय २८ खेलाडी  सहभागी छन् । कार्यक्रम आइतबार सम्म चल्ने छ । सुनापतीको इतिहासमा यो पहिलो पटक कुनै पनि तहको राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा स्थानीय बासीका उत्साह समेत थपिएको बाबुरामले जानकारी दिए ।
Comment