शेर बहादुर सिंहको उपचारमा तेक्वान्दो महासङ्घको चासो

नेपाल तेक्वान्दो महासङ्घले कैलालीका तेक्वान्दो प्रशिक्षक शेर बहादुर सिंहको उपचारमा आर्थिक सहयोग गर्ने तथा उनको उपचारको  प्रक्रियामा आर्थिक श्रोत जुटाउन तेक्वान्दो परिवारमा अपिल गर्ने निर्णय गरेको छ । साथै महासङ्घले सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।
यसै गरी ओलम्पियन सँगिना वैद्य र दीपक विष्टलाई मासिक सम्मान भत्ता पाँच हजार दिने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष प्रदीप जोशीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
साथै रातो पेटीसम्मको ग्रेडिङ सम्बन्धित डोजाङ प्रशिक्षकबाटै गर्न अनुमति  समेत दिएको छ ।
Comment