विकासको पथमा नेपाली उसु

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको अध्यक्षतामा गठित विवाद समाधान निरूपण समितिको सिफारिस बमोजिम ३ महिना भित्र साधारण सभा तथा निर्वाचन गर्ने गरी जनक प्रसाद बर्तौलाको अध्यक्षतामा नेपाल उसु सङ्घको तदर्थ समिति गठन भएको छ ।
विगत लामो समय देखि विवादमा रहेको नेपाल उसुले यस निर्णय पछि नयाँ दिसा लिने अपेक्षा गरिएको छ । खेलकुद परिषद्का बोर्ड सदस्य रहेका बर्तौला लामो समय देखि नेपाली उसुमा रहेको अनेक विकृतिको विरुद्धमा आवाज उठाउँदै आएका व्यक्तित्व हुन् ।
 सो सङ्घको उपाध्यक्षमा शैलेस कर्माचार्य र दीपक लामा छन् । यसै गरी नवराज ढुङ्गाना ‘ विश्वास ’लाई  महासचिवको जिम्मेवारी प्रदान गरिएको छ । विश्वास नेपाली सामाजिक र राजनीतिक क्षेत्रमा परिचित छवि भएका व्यक्तित्व हुने ।
राजीव महर्जन उपमहासचिव तथा नबिन बस्नेत सचिव छन् । पूर्व राष्ट्रिय खेलाडी राजीव प्रशिक्षण र प्राविधिक क्षेत्रमा राम्रो छवि भएका व्यक्ति हुन् ।  शुभ राम मुन्छकर्मी सह सचिव तथा शङ्कर भुजेल कोशाध्यक्ष छन् । लव ढुङ्गाना, गजराज खड्का, राजेन्द्र कुमार राई, शर्मिला कारञ्जित, जङ्ग बहादुर तामाङ, अञ्जली पाठक र रमेश सुवाल सदस्य छन् ।
अजय बुढाथोकी, भेषराज खनाल, राम बहादुर भुसाल, टिका बहादुर भुजेल, मनिष पौडेल, जनक राज भट्ट र राजु भुसाल सदस्य छन् ।
Comment