अमेरिकामा नेपालको सान बढाउँदै मास्टर बलाल

नेपाल आइटीएफका पूर्व अध्यक्ष नेपाली मार्सल आर्टका परिचित व्यक्तित्व कृष्ण बहादुर बलालले महत्त्वपूर्ण सफलता पाएका छन् । उनले इगल तेक्वान्दो फेडेरेसनको ट्रेडिसनल मार्सल आर्टमा सातौँ डान पाएका हुन् ।
नेपालमा आइइटीएफ खेलको आजको विस्तारित स्वरूपमा भूमिका रहेका बलाल विगत केही वर्ष देखि अमेरिकामा नै छन् ।
कुनै समय राष्ट्रिय खेलकुद परिषद्मा तेक्वान्दो प्रशिक्षकको रूपमा जागिर रहेका बलाल पछि आईटीएफ नेपाललाई व्यापक बनाउन सफल भएका थिए । अमेरिका बसाइको क्रममा समेत निरन्तर मार्सल आर्टको विकास सक्रिय यी खेलकर्मी अन्तर्राष्ट्रिय ए रेफ्रीको रूपमा समेत सक्रिय छन् ।
सन् २००७ मा उनी आइटीएफको आउट स्याट्यान्डीङ इन्सट्रक्टर अवार्ड पाउन सफल भएका थिए । उनले सन् २००९ मा  आइटीएफ तेक्वान्दोको सर्वाधिक प्रतिष्ठित तेक्वान्दो अर्डर पदक पाएका थिए ।
नेतृत्व क्षमताका  कारण बलालले सन् २०१३ मा तेक्वान्दो हल अफ फेम अवार्ड पाएका थिए । अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो विकास र विस्तारमा गरेको योगदानका कारण तेक्वान्दो हेडक्वार्टर कुकीवानबाट उनले प्रशंसा पत्र समेत पाएका थिए । उनले अमेरिकी सिनेटर टिम काइन र मार्क वार्नरबाट प्रशंसा पाएका थिए ।
तेक्वान्दो विकासको क्रममा उनले ४० देशको भ्रमण गरी सकेका छन् । अमेरिकाको अफिसियल तेक्वान्दो सङ्घको उनी एक निर्देशक समेत हुन् ।
Comment