समृद्धिमा कराँते प्रतियोगिता

समृद्धि स्कुलमा अन्तर विद्यालय कराँते प्रतियोगिताको आयोजना भएको छ । शनिवार भएको प्रतियोगितामा मौरीससका लागि नेपालका अवैतनिक राजदूत गणेश कार्की प्रमुख अतिथि थिए । प्रिन्सिपल तथा प्रमुख प्रमुख कार्यकारी अधिकृत नरेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा   ईसीए निर्देशक विकास शाही, कार्यक्रम निर्देशक चन्द्र मान महर्जन, कराँते प्रशिक्षक निवास गोपाल बैद्य,प्लस टु प्रशासकीय निर्देशक दीपेन्द्र उप्रेती र प्रशासकीय निर्देशक दिनेश महर्जनको पनि कार्यक्रममा उपस्थिति थियो ।
प्रतियोगिताको २० केजी तौल समूहमा भेदङ्गा विद्यालयकी अन्भी शाही पहिलो, समृद्धि स्कुलकी सुबास्न श्रेष्ठ दोस्रो तथा सोही स्कुलकी सलिना पाण्डे तेस्रो भए ।
२५ केजी तौल समूहमा साइनीङ स्टारकी प्रार्थना बज्राचार्य पहिलो, समृद्धिकी पालिस्था महर्जन दोस्रो तथा सोही विद्यालयकी रोनीसा खड्गी र आर्सना महर्जन तेस्रो भए ।
३० केजी तौल समूहमा एडीफाइ अन्तर्राष्ट्रिय स्कुलकी सबिता गौतम पहिलो, एभरेस्ट अन्तर्राष्ट्रिय विद्यालयकी पालिस्था बज्राचार्य दोस्रो तथा हिल टाउनकी खुसी महर्जन र समृद्धिका आरोसा महर्जन तेस्रो भए ।
३५ केजीमा वेस्ट मन्टेश्वरीकी सुप्रसा मल्ल पहिलो, समृद्धिकी हर्सीका वाग्ले दोस्रो तथा सोही विद्यालयकी मिला मानन्धर तेस्रो भए । ४० केजीमा ज्ञान कुञ्ज हाइ स्कुलकी ऋदिसा सेन्चुरी पहिलो, समृद्धिकी आरोसी खड्गी दोस्रो तथा ज्ञानोदयकी चाँदनी बस्याल र समृद्धिकी जेनी मोक्तान तेस्रो भए ।
४५ केजी तौल समूहमा साइनीङकी सुपसा श्रेष्ठ पहिलो, समृद्धिकी सुहिना श्रेष्ठ दोस्रो तथा सलिक्षा महर्जन र अक्क्षा श्रेष्ठ तेस्रो भए । ५० केजीमा आयोजकका मिजला महर्जन पहिलो ,स्तसा घिमिरे दोस्रो तथा तिसा महर्जन र आरुसी वैद्य तेस्रो भए । ५५ केजीमा साइनीङ स्टारकी निशा कार्की पहिलो समृद्धिकी स्टीला श्रेष्ठ दोस्रो तथा स्लेस्ना तुलाधर र अनुस्का थामी तेस्रो भए ।
पुरुष तर्फ २० केजीका हाइड एन्ड सिक स्कुलका आरिभ श्रेष्ठ पहिलो आयोजकका सबल महर्जन दोस्रो तथा मदर प्राइडका अर्भिन जोशी र आयोजकका ओजल साह तेस्रो भए । २५ किलोमा ज्ञान कुञ्जका हिजन लामा पहिलो, समृद्धिका विक्रम राना मगर दोस्रो तथा हिल टाउनका दिपसन महर्जन र समृद्धिका प्रसून लाल श्रेष्ठ तेस्रो भए ।
३० केजीमा ब्लुरेन अन्तर्राष्ट्रिय विद्यालयका प्रज्वल गिरि पहिलो, प्रवेश महर्जन दोस्रो, बोस्नीका आरभ देवकोटा र ज्ञान कुञ्जका अभिख खनाल तेस्रो भए । ३५ केजीमा महेन्द्र सरस्वती स्कुलका राजीव पासवान पहिलो, प्रसून महर्जन दोस्रो तथा आकाश सुनार तेस्रो भए । ४० केजीमा जनपथका रोमन बस्नेत पहिलो, समृद्धिका समन महर्जन दोस्रो, आर्सन घले र प्रयुस श्रेष्ठ तेस्रो भए ।
४३ केजीमा ज्ञानोदयका शंकर अधिकारी पहिलो तथा साजन बस्याल दोस्रो भए । यसै गरी समृद्धिका टाजन महर्जन र स्योल महर्जन तेस्रो भए । ४५ केजीमा महेन्द्र सरस्वतीका जित राना मगर पहिलो र शिव जयसवाल दोस्रो भए । सोही विद्यालयका दीपेश अधिकारी तथा समृद्धिका मंगेश महर्जन तेस्रो भए ।
५० केजीमा सरस्वती निकेतन स्कुलका विजय बुढा पहिलो, समृद्धिका बिहान पाण्डे दोस्रो तथा प्रत्युस गोपाली र एभरेस्ट स्कुलका आर्यन आचार्य तेस्रो भए । ५५ केजीमा सरस्वती भेसराज दाहाल पहिलो र समृद्धिका प्रज्वल सुबेदी दोस्रो भए । ज्ञानोदयका प्रशान्त शंकर र समृद्धिका संयोग मानन्धर तेस्रो भए ।
Comment