दिगम्बरको त्यो पदक

सुदूर पश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदबाट नेपाली खेलकुदमा दिगम्बर पन्तको उदय भएको थियो । त्यस प्रतियोगितामा पाएको स्वर्ण पदक पछि नै दिगम्बर नेपाली कराँतेमा उदाएका थिए । यो डेढ दशकको अन्तरालमा थुप्रै आरोह र अवरोह आए । यो आरोह र अवरोहमा अहिले उनको भूमिका फेरिएको छ ।
उमेरले ३२ वर्षमा कुदी रहेका उनी पछिल्लो समय खेलाडी भन्दा बढी प्रशिक्षकको भूमिकामा व्यस्त छन् । च्याम्पियन्स एकेडेमीमा दिगम्बर कराँते सिकाउँछन् । त्यहाँ १ सय जना खेलाडी छन् । विभिन्न खेलका ती खेलाडीको माझबाट राम्रो उत्पादन पाउने कुरामा उनी आशावादी छन् । केही समय अगाडी मलेसियामा भएको प्रतियोगितामा च्याम्पियन्सका खेलाडीले ५ स्वर्ण, ३ रजत तथा ३ कांस्य पदक पाएका थिए ।
महेन्द्र नगरका दिगम्बरको जीवनमा धेरै आरोह र अवरोह आए ।  करिब १९ वर्ष अगाडी मदन नाथ र दीपक चन्दबाट प्रशिक्षित भएर कराँते खेल्न थालेका दिगम्बरको जीवनमा धेरै आरोह र अवरोह आएका छन् । उनी सुरुवातमा करारमा एपीएफमा करारमा आबद्ध भएका उनी  अहिले त्यसै विभागमा कार्यरत छन् ।
उनको टोलीले यस बिचमामा केही महत्त्वपूर्ण सफलता नपाएको होइन । पछिल्ला डेढ दशकमा एपीएफ कराँते टोलीले पाएको सफलतामा दिगम्बर मुख्य पात्र थिए । धेरै पटक टिम च्याम्पियन हुँदा पनि दिगम्बरको योगदान र भूमिका थियो ।
उनको जीवनको आरोह अवरोह मध्यको सबैभन्दा महत्त्वपूर्ण सफलता भनेको सन् २०१९ मा भएको  सितेरियाको कराँते च्याम्पियनसिपमा रजत पदक जित्नु हो ।  ।  प्रतियोगिताको फाइनलमा काजाक खेलाडीसँग पराजित पन्तले भेनेजुएलाका खेलाडीलाई ८–० तथा सेमिफाइनलमा मेक्सिकोका खेलाडीलाई १–० ले हराएका थिए ।
कुशल श्रेष्ठको प्रशिक्षणमा रहेको से टोलीको प्रदर्शन साँच्चै स्तरीय मात्र होइन सनसनीपूर्ण नै थियो । त्यसै सनसनीपूर्ण प्रदर्शनको नतिजा पन्तको रजत पदक थियो । इतिहासको लामो कालखण्डमा नेपाली खेलकुदले थुप्रै सफलता पाएको छ । यो सफलतामा त्यो सितेरियो विश्व च्याम्पियनसिपको रजत पदक पक्कै विशेष छ । त्यसो त दिगम्बरले १३ औ दक्षिण एसियाली खेलकुदमा टिम कुमुतेमा कांस्य पदक पनि पाएका थिए ।
नेपाली करातेमा चर्चा र परिचर्चामा सायद सन् २०१९ को त्यो रजत पदकको स्थान विशेष रहने छ ।
Comment