बोरिस र आयुष्मानको विजयी सुरुआत


नेपालका बोरिस अधिकारी र आयुषमान हजुर घलेले २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । पहिलो दिन ब्वाइज सिंगल्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुषमानले जित हात पारेका हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६–० र ६–० तथा आयुषमानले भारतकै पार्थ सानेलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
मन जय टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समै हङकङका कि छियोङ मोरिस हाङले नेपालका वृजेश अर्याललाई ६–२ र ६–३, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका अबिर श्रीवास्तवलाई ६–१ र ६–४, भारतका आदित्य सिंहले नेपालमा आसभसम्राट हाडालाई ६–३ र ६–१, भारतका भिभान मिर्धाले नेपालका निशाद जोशीलाई ६–० र ६–०, बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले भारतका सञ्जय गिरिस गुप्तालाई ६–३ र ६–३, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६–१ र ६–०, यमनका हमुद इयादले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–१ तथा हङकङका यु हिन वोङले भारतका तनिश रेड्डी भुन्द्यालालाई ६–० र ६–१ को सोझो सेटमा हराउदै पहिलो चरण पार गरे ।
एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्समा बंगलादेशकी तायेबा खानोमले भारतकी मेगाली प्रकाशलाई सीधा सेटमा ६–० र ६–१ ले पन्छाइन् ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । विभिन्न १४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जानकारी गराइन् ।
एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

Comment