नेपाली मोया थाई टोली  त्रिपुरा प्रस्थान 

दक्षिण एसियाली मोया थाई महासङ्घको आयोजनामा १५ देखि १७ डिसेम्बरसम्म  भारतको त्रिपुरा, अग्रतलामा हुने प्रथम दक्षिण एसियाली  मोया थाई सम्मेलनमा भाग लिन नेपाल  मोया थाई सङ्घका प्रतिनिधि र खेलाडी त्यस तर्फ प्रस्थान गरेका छन् ।
प्रथम दक्षिण एसियाली मोया थाई महासङ्घले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाली मोया थाई महासङ्घको अधिवेशन, रेफ्री र प्रशिक्षक सेमिनारलगायत साम फाइट नाइट हुने छ ।
सो सम्मेलनमा  नेपाल  मोया थाई सङ्घका महासचिव सुदिप पण्डित क्षेत्री,  महिला प्रतिनिधि तुलसी थापा मगर र खेलाडी योग कुमार  थापा मगरले सहभागिता जनाउने सङ्घका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराए ।
सुदिप पण्डित क्षेत्रीले प्रतिनिधिको साथै रेफ्री सेमिनारमा सहभागिता जनाउने छन् । तुलसी थापा मगरले महिला प्रतिनिधि र प्रशिक्षकको रूपमा सहभागिता जनाउने छिन् । योग कुमार  थापा मगरले साम फाइट नाइटको ६७ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।  साम नाइट फाइट मुख्य स्पर्धाको पुरस्कार राशि १ हजार ५ सय अमेरिकी डर छ ।
सहभागी टोलीलाई नेपाल मोया थाई सङ्घका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले बिदाइ गरे ।
Comment