कोरिया र युएई यु–१८ रग्बी च्याम्पियन

दक्षिण कोरिया र युएई यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएई लाई २१–१७ स्कोरले हरायो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएई ले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।
पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बङ्गलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।
आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा रह्यो । सातौँ स्थानका लागि भएको खेलमा नेपालले बङ्गलादेशमाथि ६९–० को सहज जित हात पार्न सफल भयो ।  ।
महिलाको उपाधि भिडन्तमा युएई ले भारतको चुनौती २६–५ ले समाप्त पा¥यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउँदै तेस्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे । नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।

Comment