नेपाली एथलेटिक्स टोली ढाका तर्फ

बङ्गलादेशको ढाकामा आयोजना हुने पाँचौँ बिकेएसपी अप आमन्त्रण एथलेटिक्स च्याम्पियनसिपमा  सहभागी हुने नेपाली टोली आइतबार त्यस तर्फ प्रस्थान गरेको छ । सिद्धान्त अधिकारी अफिसियल रहेको टोलीमा आशाराम गोथे प्रशिक्षक छन् ।
खेलाडीहरूमा छात्रा तर्फ ब्रीटीसा शिल्पकार,सीमा श्रेष्ठ र क्याथरिन वासुकला समावेश छन् । छात्र तर्फ ऋषि बहादुर कुमाल, ससिल गोर्खाली, विश्वराम कुँवर र पुष्प राज यादव छन् ।
प्रतियोगितामा १३ देखि १५ डिसेम्बरसम्म हुने एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिएका छन् ।
Comment