जयकर स्मृति अन्तर्राष्ट्रिय टेनिसको तयारी पुरा

२० औ जयकर मेमोरियल यु–१४ एटीएफ अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । सातदोबाटो टेनिस कोर्टमा पहिलो सकिर्ट सोमबार सुरु हुँदै छ । १७ डिसेम्बरमा पहिलो सकिर्ट सकिने छ । १८ डिसेम्बरमा दोस्रो सकिर्ट हुने छ ।
विगतमा आयोजक मन जयकर टेनिस एकेडेमीले उमेर समूहको प्रतियोगिताको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने गरेको थियो । यु–८, यु–९, यु–१२ र यु–१४को राष्ट्रिय प्रतियोगिता नेपालकै पायनीयर प्रतियोगिताको रूपमा थियो ।
प्रतियोगिताले नेपालको पर्यटन विकासमा यस प्रतियोगिताले महत्त्वपूर्ण विकास गर्ने अपेक्षा आयोजकको  छ । साथै एकेडेमीका संस्थापक मनोज राणाले प्रतियोगिता नेपाली टेनिसको विकासमा कोशे ढुङ्गा हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतियोगिताको ब्वाइज तर्फ नेपालका पाँच जना, भारतका ११ , श्रीलङ्काका दुई, पाकिस्तानका एक, हङकङका पाँच, बङ्गलादेशका २, इरानका ३, काजकिस्तानका एक र ओमानका एक गरी ३१ खेलाडीको सहभागिता रहने छ ।
र्गल्स तर्फ नेपालका चार, भारतका चार, हङकङका एक, बङ्गलादेशका दुई, दक्षिण कोरियाका एक तथा अमेरिकाका एक गरी १३ जनाको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले २ सय एटीपी प्वाइन्ट भएका कारण यो प्रतियोगिता कुनै पनि खेलाडीको जीवनमा महत्त्वपूर्ण फड्को बन्न सक्ने अनुमान गरिएको छ । प्रतियोगिताको लागत २० लाख रुपैयाँ रहेको छ । प्रायोजक तथा एकेडेमीको आफ्नै खर्चमा प्रतियोगिता  सञ्चालन हुने छ ।
एकेडेमीले अहिले नियमित रूपमा प्रशिक्षण गराइ रहेको छ ।
Comment