काठमाडौँमा शनिवार देखि रग्बी 

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा सहभागी हुने राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरू तयार रहेको बताएका छन् ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन् ।
प्रतियोगिता शनिवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुँदै छ । पुरुषमा ८ तथा महिलामा ५ टिम सहभागी छन् । प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ पनि बिहीबार नेपाल आइसकेका छन् ।
Comment