पूर्व सदस्यसचिव सिंहको निधन


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको हो । पारिवारिक श्रेतका अनुसार उनलाई बुधबार राति स्वस्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
२०५९ सालदेखि २०६३ सालसम्म राखेप सदस्यसचिव भएर काम गरेका सिंह ब्याडमिन्टन खेलाडी हुँदै अध्यक्ष समेत बनेका थिए ।
जिम्नास्टिक संघको अध्यक्ष भएर समेत काम गरेका उनी ६ वर्ष लगातार ब्याडमिन्टनको राष्ट्रिय च्याम्पियन भएका थिए ।

 

Comment