महालक्ष्मीमा बेल्ट टेस्ट

टिकाथली –५ स्थित महालक्ष्मी फिटनेस एकेडेमीमा रहेका खेलाडीको बेल्ट प्रमोसन सम्पन्न भएको छ । सो बेल्ट टेस्ट प्रमोसनमा ३५ खेलाडी उपस्थित थिए । ग्रेडिङ चन्द्र राना मगरले लिएका थिए । राना नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य समेत हुन् ।
प्रेम दर्नाल , रमन थापा, निरोज गौतम र  निरञ्जन विक्रम सिंह भण्डारी लगायत प्रशिक्षकहरूको कार्यक्रममा उपस्थिति थियो । सो डोजाङका प्रमुख थानेश्वर दलार्मी मगर हुन् । उनले थुप्रै सामाजिक काममा आफूलाई सक्रिय राखेका छन् । साथै ललितपुरको तेक्वान्दोको विकासमा पनि उनको भूमिका रहँदै आएको छ ।
Comment