रसिला र अनु अन्तिम आठमा

नेपाली सेनाका रसिला महर्जन र अनु माया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम आठमा प्रवेश गरेका छन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ नवौँ राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्याम्पियन रसिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका हुन् ।
बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्ड हलमा भएको प्रतियोगिताको महिला एकल तर्फ अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरूमा सर्लाहीकी निकिता लामा, एपिएफकी शोभा गौचन, मोरङकी सीमा राजवंशी, सेनाकी प्रार्थना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपालि रहेका छन् ।
निकितालै कञ्चनपुरकी नीलिमा महरालाई २१–१५, २१–१६, शोभाले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१८, २१–१५, सीमाले सेनाकी बिष्णा बिस्टलाई २१–१८, १४–२१, २१–११, प्रार्थनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९, २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४, २१–१५ ले पराजित गरेका हुन् ।
राष्ट्रिय वरीयता समेत रहेको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन तथा विश्व ब्याडमिन्टन जुनियर तर्फ नम्बर एक खेलाडी रहिसकेका उदीयमान खेलाडी पुलिसका प्रिन्स दाहाल प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् । दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । यस्तै १६ फिदरका अमन महर्जनले एपिएफका नीराजन देवकोटालाई २०–२२, २१–१२, २१–१४ ले, पाँचथरका दिवस सङ्करले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१, २१–१४ ले, सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाक ओभर, कास्कीका विधान अधिकारीले कैलालीका सिसिर रानालाई २१–८, २१–६ ले, एपिएफका देवराज रानाले रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६, २१–१५ ले, एपिएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४, २१–१५ ले, १६ फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाक ओभर, कास्कीका बिसन गुरुङले पुलिसका पूर्णबहादुर थापालाई १६–२१, २१–१४, २१–१७ ले, सेनाका प्रफुल महर्जनले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–५, २१–९ ले, कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२, २१–८ ले, सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २१–१५, २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ जिल्ला ब्याडमिन्टन सङ्घका सुप्रिम पन्थलाई २१–११, २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाक ओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।
छात्र यु १७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कबिर केसी, शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रा तर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।
Comment