मुवाँथाई टोली थाइल्यान्ड जाने

सत्रौँ विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका  छन् ।
नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।
Comment