युएईमा संगीनाको सम्मान

नुवाकोट सेवा समाज युएईले  नेपाली खेलकुदकी स्टार संगीना वैद्यलाई सम्मान गरेको छ । निजी भ्रमणको क्रममा संयुक्त अरब इमिरेट्समा रहेकी संगीनालाई आइतबार सम्मान गरिएको । तेक्वान्दोको एसियाली च्याम्पियन तथा छनोट भएर ओलम्पिक खेल्ने पहिलो ओलम्पियन संगीनाले नेपाली खेलकुदलाई माथिल्लो उचाइमा लैजान गरेको योगदान स्वरूप सम्मान गरिएको हो ।
नुवाकोट सेवा समाज युएईले विगतमा  सामाजिक क्षेत्रमा थुप्रै महत्त्वपूर्ण कार्य गरी सकेको छ ।
Comment