आर्मीका सुवासलाई उपाधि

नवौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको पुरुष एकल स्पर्धाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्समा शनिवार भएको प्रतिस्पर्धामा सुवासले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।
समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो । समूह अन्तर्गत पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो । यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो ।
पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ ।
महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुषमा सिग्देलले कास्य पदक जितिन् । महिला टिम इभेन्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।

Comment