उत्कृष्ट उद्घाटन समारोहले कुँवर उत्साहित 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा समारोह समितिका प्रमुख एकेन्द्र कुँवरले यस पटकको समारोह उत्कृष्ट भएको दाबी गरेका छन् । उनले केही समय अगाडी मात्र यस जिम्मेवारी पाए पछि टिमका सबै सहकर्मी तथा उप संयोजक नन्दा बस्यालले गरेको समन्वयकारी भूमिकाले यस राष्ट्रिय खेलकुद सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यसै गरी सचिव सारंगीन निरौलाको पनि समारोहलाई सफल बनाउन उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले चाँडबाँडका कारण १० दिन भन्दा बढी समय काम गर्न नसकेको बताए । कुँवरले समापन समारोह पनि भव्यताका साथ आयोजना गरिने बताएका छन् ।
कुँवरले पछिल्ला ५ दिनको मेहनत त अझ धेरै भएको प्रतिक्रिया दिएका छन् ।
Comment