भारतमा रोज पाण्डे र सानिया चन्दलाई रजत पदक

भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को अन्डर १७ गर्ल्स डबल्स तर्फ नेपाली खेलाडी रोज पाण्डे र सानिया चन्दको जोडी रजत पदक प्राप्त गर्न सफल भएको छ ।  शुक्रवार भएको फाइनल खेलमा उनीहरू भारतीय खेलाडीहरू ऐसानी तिवारी र रामु रुजुलासँग २१-४, २१-९ ले पराजित भएका हुन् ।
यस अघि अन्डर १७ र १५ दुवै उमेर समूह को मिक्स टिम इभेन्टमा नेपाली टिमले तेस्रो स्थान हासिल गरिसकेका छन् ।  प्रशिक्षक जितेन्द्र शर्मा र टिम व्यवस्थापक छविलाल शाही को नेतृत्वमा गएको नेपाली जुनियर ब्याडमिन्टन टिमका सम्पूर्ण सदस्यहरू पदक हात पार्न सफल भएका छन् ।
Comment