राज मन्दिर र गोपाललाई छैटौँ डान

नेपाल आइटीएफको सीनीयर ग्रेडिङ सम्पन्न भएको छ । सोही ग्रेडिङबाट राज मन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठले छैटौँ ठान प्राप्त गरेका छन् । यसै गरी राजेश बोलखेले पाँचौँ डान पाएका छन् ।
भारतबाट आएका नवौँ डानका ग्रान्डमास्टर राजेन्द्र बलानले सो ग्रेडिङ लिएका थिए । नेपाल आइटीएफका अध्यक्ष अञ्जन धमलाले महासङ्घका लागि यो एक महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
Comment