जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा रोज र सानिया फाइनलमा

भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को अन्डर १५ गर्ल्स सिंगल्स तर्फ रिहाना शेरचन र रोजी राई ले कांस्य पदक प्राप्त गर्ने पक्का भएको छ । सोही समूहको मिक्स डबल्समा रोजी राई र कबीर केसीको जोडी तथा ब्वाइज डबल्स तर्फ कबीर के।सी। र साहिल चन्द को जोडी तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
यसै गरी गुवाहाटी बाट ब्याडमिन्टन प्रशिक्षक जितेन्द्र शर्माले दिएको जानकारीअनुसार अन्डर १७ गर्ल्स डबल्स् तर्फ नेपाली खेलाडी  रोज पाण्डे र सानिया चन्दले फाइनल खेलमा भारतीय जोडी एैसानी तिवारी र रामु रुजुला को सामना गर्दै छन् ।
यस अघि दुवै उमेर समूह को मिक्स टिम इभेन्टमा नेपाली टिमले तेस्रो स्थान हात पारेको थियो ।
Comment