नेपाललाई दुई कास्य पदक

भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को मिश्रित टिम इभेन्टमा नेपालले दुई कास्य  पदक जितेको छ । दुवै कास्य पदक जित्ने क्रममा नेपालले मालदिभ्स र भुटानलाई ५–० ले पराजित गरेको हो । नेपाली टोलीले श्रीलङ्का र भारतसँग पराजयको सामना गरेको हो ।
पदक विजेता यु–१५ टोलीमा कबिर केसी, सहिल चन्द, रोजी राई तथा सरहाना शेरचन छन् । यु–१७ टोलीमा डेभिड थापा मगर, सुरज गुप्ता, रोज पाण्डे र सानिया चन्द छन् ।
Comment