डिबी रानापालले पाए मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि

नेपाल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले युनिभर्सिटी वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाएका छन्। नेपाल सेल्फ डिफेन्स सङ्घको आयोजनामा भएको आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार तथा हिमालयन हल अफ फेम अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्यान्डका स्टानिस्ल म्याजर्याक र अन्तर्राष्ट्रिय कम्ब्याट मार्सल आर्ट्स सोसाइटीका संस्थापक भारतका जगदीश सिंह खत्रीले डा.डिबी रानापाललाई युनिभर्सिटीको पिएचडी मार्सल आर्टको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो  ।
महिलाहरूलाई सबल र सक्षम बनाई घरेलु तथा लैङ्गिक हिंसा न्यूनीकरण कसरी गर्ने, आकस्मिक हमला, सामूहिक झगडा, बलात्कार त्यसै गरी समाजमा हुने विभिन्न हिंसालाई कसरी न्यूनीकरण गर्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उनले पुर्‍याएको योगदान तथा मार्सल सेल्फ डिफेन्समा आफ्नो कला कौसल र क्षमताको उच्च प्रदर्शन गर्दै विषय विज्ञता हासिल गरेको कारण युनिभर्सिटी वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेजले डा.डिबी रानापाललाई पिएचडी डाक्टरको प्रमाणपत्र प्रदान गरेको हो। उनी नेपालको नै पहिलो मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि पाउने व्यक्ति बनेका छन् ।
सन् २०१६ मा स्थापना भएको नेपाल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ। नेपालको सातै प्रदेशमा शाखा खोली मुलुकभर आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्दै आएको यस संस्थाले अन्तर्राष्ट्रिय स्तरमा ख्याति समेत कमाएको छ। पछिल्लो समय नेपाली समाजमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधबाट महिला तथा किशोरीहरू प्रभावित भएकाले उनीहरूको पक्षमा संघले काम गर्दै आएको छ। डिबी रानापाल नेपाल सेल्फ डिफेन्स सङ्घका संस्थापक अध्यक्ष हुन्।
Comment