कर्णाली टिम च्याम्पियन


कर्णाली प्रदेशले दोश्रो राष्ट्रिय केन्पो खुकुरी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । कर्णाली ५ स्वर्ण, ६ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बनेको हो ।
राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ४ रजत र १ कांस्यसाथ मधेस प्रदेश दोश्रो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा तेस्रो भएको बागमती प्रदेशले १ स्वर्ण र ६ कांस्य हात पा¥यो ।
विजेतालाई आयोजक सङ्घका अध्यक्ष पूर्ण पाण्डेलगायतले  पुरस्कृत गरे । एक दिने प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८० खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपाल उमा कुङफु सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले प्रतियोगितामा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

Comment