प्रादेशिक ब्याडमिन्टन छनौट प्रतियोगिता भैरहवामा सुरु

गण्डकी प्रदेशमा आयोजना हुने  “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” को लागि लुम्बिनी प्रदेशको ब्याडमिन्टन टिम तयार गर्नका लागि प्रदेश स्तरीय ब्याडमिन्टन छनौट प्रतियोगिता भैरहवा ब्याडमिन्टन क्लबको कभर्ड हलमा  आइतबार सुरु भयो । प्रतियोगिता सोमबारसम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन नेपाल ब्याडमिन्टन सङ्घ का पूर्व वरिष्ठ उपाध्यक्ष एवं पञ्चकन्या ग्रुप अफ इन्डष्ट्रिज का अध्यक्ष ध्रुव कुमार श्रेष्ठ ले गर्नु भयो । प्रतियोगितामा प्रदेश भरि का जिल्ला हरूको सहभागिता रहेको छ ।
प्रतियोगिता को संयोजक नेपाल ब्याडमिन्टन सङ्घ को केन्द्रीय सदस्य जीवन सिंह कुँवर र रेफ्री प्रमोद सिंह पहारी रहेका छन्।
Comment