योनेक्स सनराइज जुनियर ग्रान्ड प्रिक्समा प्रिन्सको विजयी सुरुवात

योनेक्स सनराइज इन्डिया जुनियर ग्रान्डप्रिक्स २०२२ पुनेमा बिहीबार भएको खेलमा खेलको पुरुष एकल स्पर्धामा नेपालका प्रिन्स दाहालले जित हात पारेका छन् । पहिलो चरणको खेलमा प्रिन्सले भारतका अस्मित अग्रवाललाई २१—११,२१—१९ ले पराजित गरेका हुन् ।
पुरुष युगलको खेलमा प्रिन्स र क्षितिज खनालको जोडीले भारतका प्रतभी कोक र अभिषेक क्रोतेसलाई २१—१७,२१—२३ र २१—१३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन सङ्घका सदस्य जीवन सिंह कुँवर र ब्याडमिन्टन प्रशिक्षक राजेश प्रताप शाक्यको प्रशिक्षणमा त्यस तर्फ गएको  टोलीमा हिमाल चन्द, रसिला महर्जन, रोज पाण्डे र बिष्णा विष्ट छन् ।
Comment